image
image

अब एन्ड्रोइड प्रयोगकर्ताले युट्युबमा फोरके भिडियो हेर्न पाउने

काठमाडौँ । एन्ड्रोइड प्रयोगकर्ताका लागि युट्युबले नयाँ सुविधा सार्वजनिक गरेको छ । यसले फोरके क्यापेबल स्क्रिन नभएका डिभाइसमा पनि ६० फ्रेम प्रति सेकेन्डमा एचडीआर सहितको फोरके भिडियो हेर्ने सुविधा दिन्छ ।

यसको अर्थ हालसम्म एन्ड्रोइड प्रयोकर्ताले उच्च गुणस्तरकाे भिडियाे १०८०पी स्क्रिनमा मात्र हेर्न पाएकाेमा अब फोरके (२१६०पी) स्ट्रिमिङ अप्सनमा भिडियो हेर्न पाउनेछन् । हालका अधिकांश स्मार्टफोनमा १०८०पी (फुल एचडी) र ७२०पी रिजोलुसन्समा भिडियो हेर्न मिल्ने सुविधा छ ।

यद्यपि यसअघि गुगलले युट्युबमा अपलाेड भएका फोरक भिडियो १४४०पी रिजाेलुसनमा हेर्न सकिने व्यवस्था ल्याएको थियो ।गुगलले सर्भर साइड अपडेटबाट यो नयाँ स्ट्रिमिङ अप्सन सुरुवात गरेको हो । यो फिचर सबै प्रयोगकर्ताले प्रयोग गर्न पाउने छनैनन् । युट्युबमा १०८०पी स्क्रिनमा भिडियाे हेरिरहेका प्रयोगकर्ताले मात्र अब एचडीआर सहित फोरके भिडियो हेर्न पाउँछन् ।

अर्कोतर्फ फोरके भिडियो हेर्नका लागि इन्टरनेट कनेक्सन राम्रो हुनुपर्ने बताइएको छ । गत वर्ष युट्युबले आईओएस प्रयोगकर्ताका लागि फोरके प्लेब्याक फिचर ल्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।