image
image

भोलिदेखि काठमाडौँका विभिन्न वडामा खोप लगाइने

काठमाडौँ ८ कात्तिक । काठमाडौँ महानगरपालिकाका  आठ वटा वडामा भोलिदेखि एस्ट्राजेनिकाको दोस्रो खोप लगाइने भएको छ ।जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै काठमाडौँका आठ वटै वडाका १८ वर्ष माथिका एस्ट्राजेनेकाको पहिलो खोप लगाएकाहरुलाई भोलिदेखि दास्रो डोज खोप दिइने जानकारी गराएको हो ।

उक्त सूचना अनुसार काठमाडौँ महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा एस्ट्राजेनेकाको दोस्रो डोज खोप लगाइने भएको हो ।

त्यस्तै स्वास्थ्य कार्यालयका अनुसार काठमाडौँ महानगरपालिकाको हकमा पाँच वटा अस्पतालबाट पनि एस्ट्राजेनेकाको दोस्रो डोज लगाउन पाइनेछ ।छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, रत्नपार्कस्थित वीर अस्पताल, महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल, थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल र बानेश्वस्थित निजामती कर्मचारी अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुने सूचनामा उल्लेख छ  ।     
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।