image
image

काठमाडौँ महानगरका पाँच वडामा सङ्क्रमित शून्य, कुन वडामा कति ? 

काठमाडौँ  कात्तिक ६ गते । काठमाडौँ महानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । शक्रबार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार ९४६ रहेकोमा काठमाडौँ महानगरपालिकामा एक हजार ७२ रहेको महानगरपालिकाले जनाएको छ ।

 काठमाडौँ महानगरपालिकाले शुक्रबार साँझ सार्वजनिक गरेको वडागत विवरणमा वडा १९, २१, २२, २३, २४ मा शून्य सक्रिय सङ्क्रमित छन् ।

यस्तै, वडा नम्बर १ मा १६ जना, वडा नम्बर २ मा ३५ जना, वडा नम्बर ३ मा २६ जना, वडा नम्बर ४ मा ५४ जना, वडा नम्बर ५ मा ९ जना, वडा नम्बर ६ मा १७ जना, वडा नम्बर ७ मा २९ जना, वडा नम्बर ८ मा दुई जना, वडा नम्बर ९ मा २३२ जना र वडा नम्बर १० मा १०२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

त्यस्तै वडा नम्बर ११ मा १०२ जना, वडा नम्बर १२ मा छ जना, वडा नम्बर १३ मा ९३ जना, वडा नम्बर १४ मा छ जना, वडा नम्बर १५ मा २५ जना, वडा नम्बर १६ मा ४० जना, वडा नम्बर १७ मा नौ जना, वडा नम्बर १८ मा एक जना, वडा नम्बर १९ मा शून्य र वडा नम्बर २० मा तीन जना सक्रिय सङ्क्रमित रहेको महानगरले जनाएको छ ।

त्यस्तै वडा नम्बर २५ मा दुई जना, वडा नम्बर २६ मा २३ जना, वडा नम्बर २७ मा चार जना, वडा नम्बर २८ मा छ जना, वडा नम्बर २९ मा ३८ जना, वडा नम्बर ३० मा दुई जना, वडा नम्बर ३१ मा ३९ जना र वडा नम्बर ३२ मा १५१ जना सक्रिय सङ्क्रमित रहेको महानगरले जनाएको छ ।

त्यस्तै, भक्तपुरमा ५६१ र ललितपुरमा ६१४ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेको जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर र कास्की रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।