image
image

गुप्तेश्वर महादेव पर्यटकका लागि गुफा खुल्ला

काठमाडौँ २ असोज । पहिलो पटक बारकोड टिकटको प्रयोग गर्दै पोखरा महानगरपालिका–१७ डेभिज फलस्थित प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य गुप्तेश्वर महादेव गुफा पर्यटकका लागि खुल्ला गरिएको छ ।


कोरोना कहरसँगै बन्द गरिएका धार्मिक पर्यटकीय गन्तव्य यही असोज १ गतेदेखि स्वास्थ्य मापदण्डसहित खुल्ला गरिने सरकारको निर्णयअनुसार शुक्रबारदेखि खुल्ला गरिएको गुफामा रु १५ लाखको लागतमा अत्याधुनिक बारकोड स्क्यानर गेट राखिएको छ । टिकटमा भएको बारकोड स्क्यान गरेपछि मात्र गेट खुल्ने भएकाले गुफामा दैनिक कति पर्यटक आए भन्ने विवरण लिन पनि सहज हुने भएको प्रचारप्रसार उपसमितिका सदस्य कृष्ण रानाभाटले जानकारी दिए ।

विसं २०७८ को सुरुआतमा नै ल्याउने तयारी गरिएको बारकोड स्क्यानर गेट बन्दाबन्दीका कारण सामान नआएकाले अहिले मात्र सञ्चालनमा ल्याइएको कार्यालय प्रमुख नारायण पौडेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।