करोडौको लगानीमा बेलायतमा होटल व्यवसाय गर्दै नेपाली
लन्डन। बेलायतमा बस्ने नेपालीहरु पछिल्लो समय होटल व्यवसायतिर आकर्षित हुन थालेसंगै नेपालीले सञ्चालन गर्ने होटल रेष्टुरेन्टको संख्या पनि बढ्दै गएको छ ।
यसैको उदाहरणस्वरुप गुल्मी अर्जैका महलाल घिमिरे (मोहन) सहितका ५ जनाको समूहले ठूलो रकम लगानी गरेर बेलायतमा होटल व्यवसाय सञ्चालन गर्न थालेका छन।
लण्डनको केन्टमा रहेको जिलिङहाममा ‘बेजिंग इन यूके लिमिटेड’ लाई मोहन समूहले खरिद गरेका हुन् । उक्त होटल सञ्चालनका लागि महलाल घिमिरे,लेखनाथ घिमिरे,ललितकुमार न्यौपाने, केपी शर्मा, किशोरजीत पौड्याल र खगेन्द्र शेरचनले लगानी गरेका छन् । हाल बन्द रहेको उक्त होटललाई उनीहरुले ५ लाख पाउण्ड (नेपाली रुपैया ८ करोड भन्दा बढी रकम) तिरेर खरिद गरेका हुन्।
लामो समयदेखि बेलायतमा बस्दै आएका नेपालीहरु मिलेर नयाँ व्यवासायिक कीर्तिमानी कायम गर्ने उद्धेश्यले होटल सञ्चालन गर्न लागेको घिमिरे बताउँछन् । ‘व्यवसायलाई नयाँ र परिस्कृत तरिकाले लैजाने सोँच बनाएका छौँ,’ उनले भने, ‘हाम्रो यस अभियानमा दर्जनौँ नेपाली साथीहरुले सहयोग गरिरहनुभएको छ, उहाँहरुको गुन हामी कहिल्यै बिर्सन सक्नेछैनौँ । ‘ आफूहरुको सहकार्यले आगामी दिनमा नेपाली समुदायका व्यवसायीहरुलाई मार्ग निर्देशन पनि मिल्ने विश्वास उनको विश्वास छ ।
कोरोना भाइरस कोभिड– १९ ले समुदायमा पारेको असर र सरकारले तोकेको मापदण्ड अन्त्य भए लगतै आगामी महिनादेखि होटलको मर्मत कार्य सुरू गर्ने तयारी रहेको घिमिरेको भनाई छ । साथै फेब्रुअरी महिनाको अन्तिमसम्म होटलको रि लन्च गर्ने उनले बताए ।