image
image

सुविधा सम्पन्न आयुर्वेद अस्पताल बन्दै

काठमाडौँ २३ साउन । स्वास्थ्य क्षेत्रमा पूर्वाधार थपिइरहेको रामपुरमा सुविधा सम्पन्न आयुर्वेद अस्पताल खुल्ने भएको छ । देश सङ्घीय शासन व्यवस्थामा प्रवेश गरेसँगै स्वास्थ्य सेवालाई मध्यनजर गर्दै ठूला लगानीमा पूर्वाधार निर्माणका काम भइरहेकोमा यहाँ पनि आयुर्वेद अस्पताल बनाउन लागिएको हो । 


आयुर्वेद पद्धतिको स्वास्थ्योपचार सेवालाई विस्तार गर्ने उद्देश्यले यहाँ १५ श्ययाको आयुर्वेद अस्पताल भवन निर्माण भइरहेको छ । हालको रामपुर नगरपालिका– ५ स्थित आयुर्वेद औषधालयको भवनलाई स्तरोन्नति गरी सोही ठाउँमा १५ श्ययाको अस्पताल भवन निर्माण कार्य भइरहँदा स्थानीयमा खुसियाली छाएको छ ।


सङ्घीय सरकारको भवन निर्माण आयोजनाअन्तर्गत भ्याटबाहेक रु नौ करोड ५४ लाख ८७ हजार ४८ मा ठेक्का सम्झौता भई भवन निर्माणको काम जारी छ । विसं २०७६ पुस २५ गते ठेक्का सम्झौता गरी फागुनबाट शिव शक्ति कन्स्ट्रक्सन प्रालिले निर्माण कार्य थालनी गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।