विदेशी मिडियासँग प्रचण्ड-नेपाल समूहको अन्तरक्रिया
काठमाडौ २७ माघ । संसद विघटन पछि असन्तुष्ट प्रचण्ड-माधव समूहको नेकपाका प्रमुख नेताहरुले नेपालस्थित विदेशी मिडियाका पत्रकारहरुसँग भेटघाट तथा अन्तरक्रिया गरेका छन्।
मंगलबार राजधानीस्थित याक एण्ड यति होटलमा पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल सहित प्रमुख नेताहरुले पत्रकारहरुसँग भेट गरेका हुन् ।
प्रचण्ड माधव समूहले बुधबारका लागि राजधानीमा विशाल आमसभाको तयारी समेत गरिरहेको छ । आमसभाको अघिल्लो बिहान अर्थात्, मंगलबार बिहान ९ बजे उक्त समूहले पत्रकारहरुसँग भेट गरेको हो ।
यसअघि सम्पादक, सञ्चार उद्यमी लगायतसँग भेट गरेका नेकपाका नेताहरुले आज विदेशी मिडियाका पत्रकारहरुसँग भेटघाट गरेका हुन् । भोलि उक्त समूहको विशाल प्रदर्शन आयोजना हुने पनि बताएका छन् .