राप्रपाको प्रजातन्त्र दिवस मनाउने निर्णय
काठमाडौं २७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रजातन्त्र दिवस मनाउने भएको छ । मंगलबार बसेको राप्रपाको अध्यक्षहरुको बैठकले फागुन ७ गते देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको हो ।
राप्रपाले प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको बारे अध्यक्ष कमल थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले आज बसेको राप्रपा बैठकमा भएका निर्णयको जानकारी दिएका छन् ।
बैठकले समायोजन बाँकी रहेका जिल्लाहरूमा १ हप्ताभित्र समायोजन टुङ्गाउने, फाल्गुन १ र २ गते जिल्ला अध्यक्षहरूसँग भर्चुअल बैठक गर्ने र फाल्गुन ७ गते सम्पूर्ण जिल्लाहरूमा सभा गरेर पार्टीको झन्डा र चुनाव चिन्ह अनावरण गर्ने साथै प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको अध्यक्ष कमल थापाले बताए ।