विप्लवले आहवान गरेको हड्तालका कारण ५ जिल्लाका शैक्षिक क्षेत्र प्रभावित
काठमाडौँ माघ २६ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युष्टि पार्टीको शैक्षिक हड्तालले सोमबार देशका ५ जिल्लाका शैक्षिक संस्थामा पठन-पाठन बन्द भएको छ। दाङसहित साबिक राप्तीका सल्यान, प्यूठान, रोल्पा, रूकुममा एकदिने शैक्षिक हड्तालको घोषणा गरेका थिए ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २४औं जिल्ला सम्मेलन आयोजक समिति दाङका संयोजक अनिल केसीले आइतबार विज्ञप्ति प्रकाशित गर्दै सोमबारको शैक्षिक हड्तालबारे जानकारी दिएका थिए।
पक्राउ परेका रूकुम पश्चिम जिल्ला अध्यक्ष प्रेम बोहोरा, कोषाध्यक्ष धनबहादुर वलीलगायत सर्वसाधारण सागर बुढा, अभिषेक बुढा र किरण रसाइलीको रिहाइको माग गर्दै हिजो बन्दको घोषणा गरेका थिए ।