image
image

नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभा विघटन विरुद्ध ७७ वटै जिल्लामा विरोध प्रदर्शन

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा आज तेस्रो चरणको विरोध प्रदर्शन गर्दैछ । प्रमूख पतिपक्षी दल समेत रहेको कांग्रेसले आज ७७ वटै जिल्लामा एकसाथ विरोध तथा प्रदर्शन गर्ने भएका हुन् ।

कांग्रेसका १३ विभिन्न भ्रातृ संगठनले आइतबार नै संसद् विघटनविरुद्धको प्रदर्शनमा सहभागी बन्न सबै सदस्य तथा शुभचिन्तकमा संयुक्त अपिल गरिसकेका छन् । प्रदर्शनमा नेविसंघ, तरुण दल, महिला संघ, किसान संघसहितका १३ विभिन्न भ्रातृ संगठनहरूले नेतृत्व गर्ने कांग्रेसले जनाएको छ । उनीहरूले स्थानीय पार्टी नेतृत्वसँग समन्वय गर्दै विरोधसभा गर्ने बताइएको छ ।

कांग्रेसले तेस्रो चरणको आन्दोलनअन्तर्गत नै २४ माघमा शुभेच्छुक संस्थाको नेतृत्वमा र ३० माघमा सबै जिल्लामा स्थानीय पार्टी तहकै नेतृत्वमा प्रदर्शन गर्ने निर्णय गरेको छ । कांग्रेसले यसअघि पुस १३, पुस २५, माघ ३, माघ ८ र माघ १९ गते विरोध कार्यक्रम गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।