image
image

जिक्री र पाँडेको ‘सक्किगो नि’ फेरि सुरु

काठमाडौंँ, १८, असार। विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण रोकिएको लोकप्रिय हाँस्य टेलिसिरियल ‘सक्किगो नि’ फेरि सुरु भएको छ । निषेधाज्ञा जारी भएसँगै बन्द भएको सिरियल बिहिबारबाट पुनः सुरु भएको हो । 

निषेधाज्ञाको कारण रोकिएको ‘सक्किगो नि’ फेरि सुरु गरिएको सिरियलका निर्देशक तथा कलाकार कुमार कट्टले ‘जिक्री’ले जानकारी दिए । उनले सामाजिक संजाल मार्फत यसको जानकारी दिएका हुन् ।

करिव दुई महिना रोकिएपछि ‘सक्किगो नि’ फेरि सुरु भएको हो । टेलिसिरियलको स्टक भाग नभएको कारणले रोकिएको ‘सक्किगो नि’ अहिले नयाँ भाग सुटिङ गरेर ल्याइएको छ ।
निषेधाज्ञाको समय छायाँकन असम्भव भएकोले रोक्नु बाहेकको  विकल्प आफुसँग नभएको बताएका निर्देशक कट्टेलले सो समय खुल्ने बितिक्कै ल्याउने बाचा समेत गरेका थिए । 

‘सक्किगो नि’मा अर्जुन घिमिरे ‘पाँडे’, कुमार कट्टेल ‘जिक्री’, रक्षा श्रेष्ठ, मधुसुदन पाठक, अशोक धिताल, सागर लम्साल, दीपक आचार्य ‘काकु’ लगायतका कलाकार देखिँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।