image
image

कमला–ढल्केबर–पथलैया सडकखण्ड चार लेन विस्तारको योजना

काठमाडौं । सरकारले पूर्व–पश्चिम राजमार्गअन्तर्गतको कमला–ढल्केबर–पथलैया सडकखण्डको विस्तार प्रक्रिया अगाडि बढाएको छ । त्यस क्रममा परामर्शदाता कम्पनीको सूची तयार भएको छ । राजमार्गको सो खण्डको विस्तार गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि आठवटा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी सङ्क्षिप्त सूचीमा सूचीकृत भएको सडक विभागले जनाएको छ । त्यस खण्डको लम्बाइ १३० किलोमिटर रहेको छ । सरकारले अहिले दुई लेन भएको सो राजमार्गलाई चार लेनमा विस्तार गरिरहेको छ ।

विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले पूर्व–पश्चिम राजमार्ग विस्तार गर्ने सरकारको नीतिअनुसार राजमार्गको कमला–ढल्केबर–पथलैया सडकखण्डको विस्तार प्रक्रिया अगाडि बढेको बताए । विस्तारका लागि ‘डीपीआर’ निर्माण गर्न आठवटा कम्पनी सङ्क्षिप्त सूचीमा सूचीकृत भएको जानकारीसमेत उहाँले दिनुभयो । भारत, दक्षिण कोरिया, सिङ्गापुर, टर्की र स्पेनका परामर्शदाता कम्पनी सूचीकृत भएको हो ।


सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका सीडीई लक्ष्मीदत्त भट्टले सो राजमार्ग खण्डको विस्तारका लागि डीपीआर तयार गर्न सङ्क्षिप्त सूचीमा सूचीकृत भएका कम्पनीहरूको अहिले प्राविधिक र आर्थिक मूल्याङ्कन भइरहेको जानकारी दिए । विभागले २०७७ जेठ २२ गते आशयपत्र माग गरेकोमा ४२ वटा परामर्शदाता कम्पनीको निवेदन परेको थियो ।

“सङ्क्षिप्त सूचीमा सूचीकृत भएका कम्पनीहरूसँग प्राविधिक र आर्थिक प्रस्ताव माग गरिएकोमा मूल्याङ्कनमा आठवटै कम्पनी सक्षम देखिएका छन् । असार २४ गतेदेखि ती कम्पनीहरूको आर्थिक मूल्याङ्कन सुरु हुन्छ । दुईवटै मूल्याङ्कनमा बढी अङ्क प्राप्त गर्ने कम्पनीलाई छनोट गरिने छ,” भट्टले थप स्पष्ट पारे । आजको गोरखापत्र दैनिकबाट 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।