image
image

अस्थायी सडक मर्मतको काम शुरु 

काठमाडौँ  १६ असार । सडक सञ्जाल टुटेको मनाङमा अस्थायी सडक मर्मतको काम शुरु गरिएको छ । बाढीपहिराले क्षति बनाएको सडक तथा पुलमा तत्काल अस्थायीरुपमा पुनः सञ्चालन गराउने उद्देश्यका साथ काम शुरु भएको प्रजिअ लामिछानेले बताए ।

अविरल वर्षाका कारण जिल्लामा मर्स्याङ्दी नदी र विभिन्न खोलामा आएको बाढीपहिराका कारण सडक तथा पुलमा ठूलो क्षति पुगेको छ । जिल्लामा गत जेठ १४ गतेदेखि नै बाढीपहिराका कारण सडक तथा पुलमा आंशिकरुपमा क्षति पुगिसकेको थियो । 

असारको शुरुआतबाट जिल्लाका सबै सडक सञ्जाल टुट्न पुगेका छन् । वर्षापछि आएको बाढीपहिराका कारण झण्डै दुई सातादेखि जिल्लामा सडक सञ्जाल पूरै अवरुद्ध बनेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए। उक्त सडक सञ्जाल खुलाउन अहिले प्रयास गरिएको हो । अहिले एक्साभेटरको सहायतामा माटो राखेर सम्याउने कार्य भइरहेको छ । 

अस्थायी बाटो मर्मतका लागि एक्साभेटर सञ्चालनका लागि चाहिने इन्धन हेलिकप्टरबाट झारिएको प्रजिअ लामिछानेले जानकारी दिए । पैदलयात्रीसमेत हिँड्न गाह्रो भएकाले पहिले चामेबाट सजिलोसँग हिँड्न सकिने गरी खुलाउन लागिएको छ । पैदालयात्रु हिँड्न सक्ने भएमा यो बाटो भारी बोकेर हिँड्न वा घोडा र गधाले भारी बोकेर हिँड्न सक्ने उनले बताए ।

यही असार ४ गते आएको अविरल वर्षाका कारण मर्स्याङ्दी नदी र जिल्लाका विभिन्न स्थानीय खोलामा आएको बाढीले सडक, पुल, हाइड्रो पावर र बस्तीमा ठूलो क्षति पुर्याएको हो । बाढीपहिरोको कारण सडक र पुलमा क्षति भएपछि मनाङ जिल्लाको चामे, नासोँ, ङिस्याङ र नार्पाभूमि गाउँपालिका यातायात सञ्जालबाट पूर्णरुपमा टुटेका छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।