image
image

आलिया र संजयको ‘गंगुबाई काठियावाडी’को छायांकन सकियो 

काठमाडौँ, १३, असार । नायिका आलिया भट्टको मुख्य भूमिका रहेको चलचित्र ‘गंगुबाई काठियावाडी’को छायांकन सकिएको छ । चलचित्रको निर्माणपक्षले मुम्बइको फिल्म सिटीमा बाँकी रहेको छायांकन पुरा गरेको हो । भारतका दोश्रो चरणको कोरोना भाइरस संक्रमण माहामारीका कारण यो चलचित्रको एक गीत र केही दृश्यको छायांकन बाँकी रहेको थियो ।

तर, भारतमा लकडाउन चलिरहेको समयमा यसको निर्माणपक्षले छायांकन सकेको हो । नायिका आलिया भट्ट र निर्देशक संजयलिला भन्सालीलाई कोरोना संक्रमण भएपछि चलचित्रको छायांकन रोकिएको थियो । यसपछि, लकडाउनका कारण फेरि समस्या उत्पन्न भएको थियो । यो चलचित्रमा नायिका भट्ट शिर्ष भूमिकामा देखिदैछिन् ।

संजयलिला भन्साली यो चलचित्रको छायांकन सकिएसँगै अब वेव सिरिज ‘हिरा मन्डी’को छायांकन सुरु गर्ने तयारीमा छन् । चलचित्रमा आलियाको साथमा नायक अजय देवगणको मुख्य भूमिका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।