image
image

बन्द हड्तालका कार्यक्रम नगर्ने प्रचण्डको  प्रतिवद्ता 

काठमाडौँ माघ २३ । संसद विघटन पछि नेकपा दुई समूहमा विभाजित छ । दाहाल- नेपाल समूह र ओली समूहमा छुट्टिएका नेपका कार्यकर्ताले छुट्टाछुट्टै विरोध प्रदर्शन तथा सभा गर्दै आईरहेका छन् । यसरि गरिएको प्रदर्शन एवम् बन्द हर्तालले जनताको जनजीवन कष्टकर भईरहेको छ।

त्यस्तै हिजो गरिएको बन्द र प्रदर्शनले धेरैले कस्ट भोग्नु परेकाले  चौतर्फी आलोचना भएको छ ।  शुक्रबार काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाटमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले पार्टीले बन्द हड्तालका कार्यक्रम नगर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

प्रचण्डले उक्त भेटघाटमा  सरकारले कानून, नियम र संवैधानिक व्यवस्थाविरुद्ध राजनीतिक र संवैधानिक नियुक्तिहरु गरेकाले बाध्यताले बन्दको कार्यक्रम गरिएको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा पार्टीले गर्ने कार्यक्रमहरु जनभावनाअनुसार नै तय गरिने पनि उल्लेख गर्नुभयो ।

त्यसतै अर्का अध्यक्ष माधवकुमार नेपालले संघर्षका कार्यक्रममा जनसमर्थन प्राप्त भएको दाबी गर्दै आन्दोलनबाटै सरकारका गल्ती सच्याइने बताउनुभयो ।     
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।