image
image

गायिका एलिनाको यस्तो रहर

काठमाडौँ, ७, असार । एलिना चौहान पछिल्लो समय राम्रौ माग भएकी गायिका हुन् । इन्स्ट्रको फोटो गाएर चर्चामा आएकी यी गायिकाका लागि अघिल्लो वर्षबाट सुरु भएको लकडाउन शुभ सावित भयो । यही बेला गाएको ‘के माया लाग्छ र?’ बोलको गीत उनको जीवनले नयाँ बाटो पहिल्यायो । त्यसपछि उनी पछिल्लो समयकी सबैभन्दा व्यस्त गायिका बन्न पुगिन् । अवसरहरुले पछ्याइरहे । उनी हिट गायिकाको लिस्टमा दर्जा बनाइन् । उनै गायिका एलिनाले आइतबार आफ्नो २२ औँ जन्मदिा मनाएकी छिन् । उनले आफ्नो जन्मदिन कपनस्थित ‘अन्नदृष्टि नेपाल बालआश्रम’मा मनाएकी छिन् ।

उनले आश्रमा रहेका बालबालिकालाई लत्ताकपडा वितरण गरेकी छिन् । बालबालिकासँग केक काटिन् अनि खुसी साटेकी छिन् । बालबालिकासँग खुसी साट्दै एलिनाले अहिलेको सफलता आफुले नसोचेको सफलता पाएको बताइन् । यो सफलताको आगामी दिनमा आफुलाई अझैँ राम्रो गर्न हौसला मिलेको सुनाइन् । 

सामाजिक कार्यमा पनि निक्कै रुची राख्ने एलिनाले केही सामाजिक काम गर्न रहर रहेको धारण रखिन् । उनले आफुले कमाएको पारिश्रमिकको केही रकम समाज सेवामा खर्च गर्ने रहर रहेको सुनाइन् । उनले प्रत्येक पटक पाएको परिश्रमिकको केही रकम छुट्ट्याएर राखी ६ महिना १ वर्षमा सामाजिक काममा खर्चिने सोच भएको बताइन् । स्रोता दर्शकको मायाले नै आफुले यो स्थान बनाएकाृ भन्दै उनीहरुको दुखमा सकेको सहयोग गर्नु आफ्नो कर्तव्य रहेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।