निर्वाचन आयोगद्वारा निर्वाचनका लागि सात अर्ब निकासा माग
काठमाडौं माघ २२ । संसद विघटन पछि बैसाखमा तय भएको निर्वाचनका लागि निर्वाचन आयोगले रकम निकासा माग गरेको छ। आयोगको मङ्गलबारको बैठकबाट भएको निर्णयानुसार रकम निकासका लागि कार्य अघि बढाएको हो ।
अर्थमन्त्रालयलाई पत्राचार गर्दै निर्वाचन आयोगले रु ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रकम माग गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग मङ्गलबार भएको छलफलसमेतका आधारमा निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी आवश्यक न्यूनतम कार्यका लागि मात्र बजेट माग गरिएको बताइएको छ
आयोगका अनुसार कोभिड–१९ महामारी र स्वास्थ्य सतर्कतासमेतलाई ध्यानदिई निर्वाचन संचालनको तयारी भईरहेको बताए।