image
image

बन्द भयो टेलिसिरियल  ‘जुठे’

काठमाडौंँ, ३, असार । टेलिसिरियल ‘जुठे’ बन्द भएको छ । हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको सिरियल बुधबारबाट बन्द भएको हो । निषेधाज्ञामा चल्दै आएको श्रृखंला अहिले आएर बन्द भएको हो ।

सिरियल बुधबारबाट बन्द भएको निर्देशक मरिच मान श्रेष्ठ ‘बल्छी धुर्बे’ले बताए । ‘सिरियलमा उठाएको बिषयमा केही व्यक्तिले बिवाद पनि गरेका छन्’ श्रेष्ठले भने ‘बिवाद पनि र छायाँकन असम्भव भएको कारण अहिलेलाई ‘जुठे’ रोकेका छौ ।’ निषेधाज्ञा खुलेपनि बिवाद समाधान गरेर फेरि ‘जुठे’ सुरु गर्ने श्रेष्ठको भनाई रहेको छ ।

राजु पौडेल ‘मास्टर’ र श्रेष्ठको संयुक्त लेखन निर्देशन रहेको सिरियलमा रवि गिरी, बिद्या कार्की,  रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा, राजु पौडेल, मरिच मान श्रेष्ठ लगायतको कलाकारको मुख्य अभिनय रहदै आएको छ ।

योगेश काजीको संगीत रहेको श्रृखंला राहुल राई र घनश्याम पोखरेलले छायाँकन, रविन भट्टले सम्पादन गर्दै आएका छन् । सिरियलले धेरै पहिलेको सामाजिक घटना कथाको रुपमा प्रस्तुत गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।