image
image

अक्षयको ‘बेल बटम’ जुलाई २७ बाट हलमा रिलिज हुने

काठमाडौँ, १, मंगलबार । बलिउड नायक अक्षय कुमार अभिनित चलचित्र ‘बेल बटम’को प्रदर्शन मिति पक्का गरिएको छ । उसो त यसअघि पनि यो चलचित्रको प्रदर्शन मिति तय गरिएको थियो । तर, कोरोनाको दोश्रो लहरका कारण चलचित्र रिलिज हुन सकेन ।

अब, यसको निर्माणपक्षले चलचित्रलाई आगामी महिनाबाट रिलिज गर्ने तयारी गरेको छ । यो चलचित्र जुलाई २७ तारिखबाट हलमा नै रिलिज हुने तय भएको छ । नायक अक्षय कुमार र यसको निर्माणपक्षले नयाँ प्रदर्शन मिति तय गर्दै हलमा नै चलचित्र रिलिज हुने घोषणा गरेको हो ।

भारतमा अझै पनि केही राज्यमा लकडाउन छ । केही राज्यमा भने लकडाउन खुकुलो पार्दै लगिएको छ । दोश्रो चरणको कोरोना भाइरसको संक्रमणपछि विस्तारै भारतका विभिन्न राज्यहरु लयमा फर्किने तयारीमा छन् ।

अक्षय कुमार, वाणी कपुर अभिनित यो चलचित्र जुलाई २७ मा हलमै रिलिज भएको खण्डमा यसले बलिउडलाई पनि लयमा फर्काउन मद्दत गर्नेछ ।

यो चलचित्रका लागि ओटीटी प्लेटफर्मबाट पनि आकर्षक मुल्यमा खरिदको अफर आएको थियो । तर, चलचित्रका निर्माता बासु भगनानी र नायक अक्षय कुमारले हलहरुलाई लयमा फर्काउनका लागि चलचित्रलाई हलमै रिलिज गर्ने सोच बनाएका थिए । सोही अनुसार, यो चलचित्र अब जुलाई २७ बाट हलमै रिलिज हुने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।