image
image

नाजिरको हातमा ३ फिल्म

काठमाडौँ, २५, मंगलबार । नेपाली म्यूजिक भिडियो बजारमा नायक तथा मोडल नाजिर हुसेनको सर्वाधिक चर्चा छ । उनले, थुप्रै हिट गीतका भिडियोमा अभिनय गरेका छन् । म्यूजिक भिडियोमा अभिनय गरेको १ लाखसम्म पारिश्रमिक वुझ्ने नाजिर चलचित्रको पर्दामा भने कमै देखिन्छन् । यसैले, पनि उनको चलचित्रमा क्रेज कमजोर बनेको विश्लेषण हुने गरेको छ । तर, नाजिरले ३ वटा चलचित्र साइन गरेका छन् । ती तिनै वटा चलचित्रको छायांकन सुरु हुन नसक्दा नाजिरको चलचित्रमा खासै काम नभएको जस्तो देखिएको छ ।

नाजिरले अभिनय गर्न लागेको चलचित्र ‘तिमीसँग हुने मन छ’को छायांकन वैशाखको पहिलो साताबाट सुरु गर्ने तयारी गरिएको थियो । तर, नेपालमा कोरोना संक्रमितहरुको संख्या बढेपछि यो चलचित्रको काम सुरु हुन सकेन । दिवाकर भट्टराइले निर्देशन गर्न लागेको यो चलचित्रमा नाजिरले नायिका दीपिका प्रसाइसँग काम गर्दैछन् ।नाजिरले पहिलो लकडाउन लगतै चलचित्र ‘चिलगाडी’ पनि साइन गरेका थिए । तर, यो चलचित्रको काम यसपछि अगाडि बढेको छैन । चलचित्रको सम्पूर्ण टिम फाइनल नभएकाले पनि यो चलचित्रको काम अगाडि बढ्न नसकेको हो ।

यसरीहेर्दा, नाजिरले काम गर्न लागेका चलचित्रको छायांकन अगाडि बढ्ने हो भने उनी चलचित्रको पर्दामा पनि व्यस्त हुने पक्का छ । तर, कोरोना कहरले सबैभन्दा बढी प्रभावित भएको चलचित्र क्षेत्र कहिलेबाट पुरानै अवस्थामा फर्किने हो भन्न सकिने अवस्था छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।