image
image

प्रकाश सपूत र मेलिना राईको ‘प्रार्थना’ सार्वजनिक

काठमाडौँ, २३, आइतबार । गायक प्रकाश सपूतले नयाँ गीत सार्वजनिक गरेका छन् । मेलिना राईसँगको युगल गायनमा प्रकाशले ‘प्रार्थना’ शीर्षकको गीत सार्वजनिक गरेका हुन् । अशोक शेरचनको शब्द रहेको गीत प्रकाशकै संगीत र योगेश काजीको संगीत संयोजनमा तयार भएको हो ।

गीत निषेधाज्ञाकै समयमा उच्च सुरक्षा सावधानी अपनाएर रेकर्डिङ तथा छायांकन गरिएको प्रकाशले बताएका छन् । यो गीतको भिडियो समेत तयार भएको छ । प्रवेश पौडेलको निर्देशनमा तयार भिडियोमा गायक प्रकाश सपूत, गायिका मेलिना राई लगायतको अभिनय छ ।

कोरोना भाइरस संक्रमणका कारण कसैले ज्यान गुमाउनु नपरोस्, मृत्युका खबरहरु पढ्न नपरोस्, कसैलाई समवेदना लेख्न नपरोस् भन्दै गीतमार्फत प्रार्थना गरिएको छ । प्रकाश सांगीतिक शुभेच्छा स्वरुप यो गीत सार्वजनिक गरेको बताउँछन् । त्यस्तै उनले यसलाई एउटा गीत भन्दापनि मनैदेखि गरिएको शुभमंगलको कामना भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।