'कमेडी च्याम्पियन सिजन २' को प्रशारण फागुन २१ देखि हुने
काठमाडौँ। पहिलो सिजनमै अत्याधिक रुचाएको कमेडी शो 'कमेडी च्याम्पियन' को दोस्रो सिजन यहि फागुन २१ गतेदेखि प्रशारण हुने भएको छ। कान्तिपुर टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार बेलुकी ९ बजेबाट १० बजेसम्म यो शो प्रशारण हुनेछ ।
दोस्रो सिजनको अडिसन सकिएर हाल धमाधम फिजिकल अडिसनको छायांकन भईरहेको छ। दोश्रो सिजनलाई पहिलो सिजन भन्दा झनै उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने यसका निर्देशक विशाल भण्डारीले बताए ।
थ्री प्रोडक्सनको प्रस्तुतिमा निर्माण भईरहेको यस शोका कार्यकारी निर्माता केकी अधिकारी, विशाल भण्डारी, राज घिमिरे र रीमा विश्वकर्मा हुन् भने कार्यक्रमलाई मोडल तथा अभिनेत्री रीमा विश्वकर्माले होस्ट गर्दैछिन ।
शोका निर्णायकहरुमा भने मनोज गजुरेल, ऋचा शर्मा, सन्तोष पन्त र प्रदिप भट्टराई रहेका छन।