image

इन्दिरा गान्धीको भूमिकामा कंगना 

एजेन्सी। बलिउड अभिनेत्री कंगना रनावतले इन्दिरा गान्धीको बायोपिकमा आधारित फिल्ममा काम गर्न लागेकी छिन । फिल्ममा उनि इन्दिरा गान्धीको भूमिकामा देखिने छिन । भारतको पुर्वप्रधानमन्त्री समेत रहेकी इन्दिरा गान्धीको जीवनीमा आधारित फिल्ममा कंगनासहित अन्य लोकप्रिय कलाकारहरुको समेत अभिनय रहने छ । 

कंगनाले ट्विटरमार्फत, यो गान्धीको जीवनीमा आधारित नभइ एक ऐतिहासिक घटनामा आधारित फिल्म रहेको बताइन् । ‘यसले भारतको वर्तमान सन्ततिले भारतको राजनैतिक, सामाजिक इतिहासबारे थाहा पाउनेछन्’, उनले भनिन, ‘यसको स्क्रिप्टको काम अन्तिम चरणमा  पुगेको छ ।’ उनले गान्धीको भूमिकामा खेल्ने फिल्मको एक फोटोसमेत सार्वजनिक गरेकी छिन् ।

भारतीय राजनीतिको इतिहासमा सबैभन्दा प्रतिष्ठित व्यक्तिको भूमिका निभाउन व्यंग्र प्रतिक्षामा रहेको पनि कंगनाले बताएकी छिन् । कंगनाले निर्माण गर्ने यस फिल्ममा कथा लेखन तथा निर्देशन साइ कबिरले गर्दैछन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।