संवैधानिक परिषद्को बैठक बहिस्कार गर्ने काङ्ग्रेसको घोषणा
काठमाडौं । दुई तिहाई सरकारको प्रमुख विपक्षी रहेको नेपाली काङ्ग्रेस संवैधानिक परिषद्को बैठक बहिस्कार गर्ने घोषणा गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले शनिबार एक विज्ञप्ति जारी गर्दै परिषद्का अन्य सबै सदस्यहरुलाई समेत बैठकमा सहभागी नहुन आग्रह गरेका छन् ।
देउवाले सरकारले संविधानको मुल मर्ममा प्रहार गरि संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश ल्याएको भन्दै उक्त बैठकमा सहभागी नहुने घोषणा गरेका छन् । त्यस्तै देउवाले लोकतान्त्रिक पद्धतिमा संविधान बमोजिम संवैधानिक निकायहरुले सरकारको काम कारवाहीको समेत अनुगमन अनुसन्धान गर्ने भएको हुँदा यी निकाय अनिवार्य रूपले स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा जोड दिएका छन् ।
साथै देउवाले संसदलाई छलेर अध्यादेश जारी गरी संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनलाई संशोधन गर्ने अनुचित कार्य सरकारले गरेको पनि बताएका छन् ।