प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) साँझ ५ बजेका लागि आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार र बिहीबार नियमित मन्त्रिपरिषद् बैठक बस्ने गरेको छ ।
ओलीले बिहीबार बिहान आकस्मिक रुपमा पार्टीको स्थायी समिति बैठक बोलाएका थिए । बैठक सकिएलगत्तै ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए ।
ओलीले बिहीबार बिहान आकस्मिक रुपमा पार्टीको स्थायी समिति बैठक बोलाएका थिए । बैठक सकिएलगत्तै ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए ।