image
image

देउवाले प्रधानमन्त्रीलाई भनेः विश्वासको मतमा सहयोग गर्दैनौं

काठमाडौं २२ वैशाख ।भर्खरै सम्पन्न भएको  नेकपा (एमाले) र नेपाली कांग्रेसका नेताहरुबीचको भेटवार्तामा देउवाले प्रधानमन्त्रीलाई विश्वासको मतमा सहयोग गर्न नसक्ने बताएका छन् । करिब २ घण्टा देउवा निवास बुढानिलकण्ठमा भएको भेटवार्ता भर्खरे सम्पन्न भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने भएका छन् ।


बैठकमा सहभागी कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले ओलीको भनाइ उद्धृत गर्दै भने, “प्रधानमन्त्रीज्यूले लोकतन्त्रका लागि सँगै लडेका हौं,  मलाई विश्वासको मतमा सघाउनुस् भन्नुभयो।”

कांग्रेसले कोभिड–१९ नियन्त्रणमा सहयोग गर्ने, तर संसद्‌मा विश्वासको मत दिन नसक्ने स्पष्ट धारणा राखेको महतले जानकारी दिए। महतका अनुसार, अध्यादेश मार्फत शासन गर्न खोजेको र लुम्बिनीमा सत्ता पक्षले लोकतान्त्रिक संस्था कमजोर बनाउने काम गरेको देउवाको गुनासो थियो ।  

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।