ज्ञानेन्द्र शाही: "शिक्षा ऐन ल्याउन नसक्ने सरकारले देश चलाउँछ भन्नु दिवास्वप्न जस्तो"
काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सरकारी विद्यालयका विद्यार्थीहरू शिक्षक र विद्यार्थी आन्दोलनका कारण पढ्नबाट वञ्चित भइरहेको बताएका छन्। उनले मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। उनले लामो समयसम्म सरकारले एउटा शिक्षा ऐनसमेत ल्याउन नसकेको भन्दै आक्रोश पोखे । ‘पटक पटक सरकार फेरियो । जाबो एउटा शिक्षा ऐन ल्याउन नसक्ने यो सरकारले यो देश चलाउँछ भन्नु पनि दिवास्वप्न जस्तो भएको छ’, उनले भने, ‘सरकारले यो विषय हल गरोस् ।’ उनले विद्यालयमा कसैले पनि राजनीति गर्न नहुने समेत बताए ।
शाहीले भने, “धनीका छोराछोरी अहिले पनि महँगो स्कुलमा पढ्न पाइरहेका छन्, तर गरिबका छोराछोरी शिक्षक आन्दोलनका कारण पढ्न नपाएको छ।” उनले सरकारलाई शिक्षा ऐन ल्याउन ढिलाइ नगर्न र विद्यालयमा राजनीति नगर्न आग्रह गरे।
शाहीले सरकारी विद्यालयका विद्यार्थीहरूको समस्याबारे एक कवितांश पनि पढेर सुनाएका थिए, जसमा शिक्षा प्रणालीमा रहेको असमानता र अन्यायको विरोध गरिएको छ।