image
image
राप्रपाको वैशाख ७ मा निषेधित क्षेत्रमै प्रदर्शन, वैशाख ९ मा देशव्यापी विरोध कार्यक्रम

राप्रपाको वैशाख ७ मा निषेधित क्षेत्रमै प्रदर्शन, वैशाख ९ मा देशव्यापी विरोध कार्यक्रम

काठमाडौं — राप्रपाले वैशाख ७ गते सरकारले निषेधित क्षेत्र घोषणा गरेका स्थानहरूमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चैत १५ गतेको प्रदर्शनमा पक्राउ परेका नेताहरूको रिहाइको माग गर्दै आन्दोलन सशक्त बनाउने घोषणा गरेको हो।

पार्टीले वैशाख ९ गते देशभरका सबै जिल्लामा धर्ना, सभा र विरोध कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ। साथै, आन्दोलनलाई थप प्रभावकारी बनाउन आन्दोलन विशेष समिति गठन गरिनेछ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलनसँगै संगठन विस्तारको अभियान पनि अघि बढाउने जानकारी दिए। उनका अनुसार सबै नेता तथा कार्यकर्तालाई गाउँगाउँ र वडातहसम्म पु¥याउने योजना बनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।