image

किसानको विरोध गर्दा गुम्यो कंगनाको करोडौको प्रोजेक्ट

एजेन्सी । भारतमा भईरहेको किसानको आन्दोलनका बारेमा अभिनेत्री कंगना रनावतले लगातार ट्वीट गरिरहेकी छिन । मंगलबार देशभरका किसानले ट्रयाक्टर र्याली गर्दा विभिन्न स्थानमा झडप समेत हुन पुग्यो।  यसै सन्दर्भमा कंगनाले ट्वीट मार्पत आक्रोश व्यक्त गरेकी थिइन् । 

किसानको विरोध गरेको आक्रोशपूर्ण ट्वीटका कारण कंगनाले करोडौको प्रोजेक्ट गुमाएकी छिन । कंगनाका अनुसार किसानको विरोध गर्दा ६ वटा ठूला ब्राण्डले उनीसँग गरेको र गर्न लागेका सम्झौता रद्द गरेका छन् । त्यसमा केहीमा सम्झौता भइसकेको थियो भने केही हुनेवाला थिए । 

मैले किसानलाई आतंकवादी भनेर बोलाएको उनीहरुको भनाई छ । त्यहीकारण उनीहरुले मलाई एम्बासडर बनाउन चाहेनन्’, उनले लेखेकी छिन । यसका बाबजुत कंगनाले हिंसाको समर्थन गर्ने जो कोही भारतीय व्यक्ति आतंकवादी रहेको दाबी गरेकी छन् । ‘त्यसमा ती व्यक्ति पनि सहभागी छन्, जो एन्टी नेशनल ब्राण्ड हुन्’, उनले लेखेकी छन् ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।