किन सहभागी भएनन् सर्वदलीय बैठमा प्रचण्ड?
काठमाण्डाै ०४ वैशाख प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ।कोरोना महामारीको बढ्दो जोखिम, नियन्त्रणका पहल, हिउँदे अधिवेशनसहित समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाउनुभएको हो।
बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेलसहित ४ जना सहभागी हुनुहुन्छ । यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने बैठकमा सहभागी भएका छैन । आफूहरुलाई सर्वदलीय बैठक भनेर नबोलाइएको प्रचण्डको सचिवालयले जनाएको छ।
सर्वदलीय बैठकबारे पार्टीमा कुनै जानकारी नै नभएकाले यसबारे छलफल नै नभएको माओवादी केन्द्रका नेताहरुले बताएका छन् । यस्तै आजको बैठकमा जनता समाजवादी पार्टी (जसपा) का नेताहरु पनि सहभागी छन् ।