राष्ट्रपतिका सल्लाहकारसँग झोक्किए अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका सल्लाहकारले राष्ट्रहित विपरित बोलेको भन्दै उनीसँग झोक्किएका छन् ।राष्ट्रपतिका सल्लाहकार चिरञ्जिीवी नेपालले सय रुपैंयाँको नोटमा नेपालको नयाँ चुच्चे नक्सा छाप्ने भनेर गरेको निर्णयको आलोचना गरेका थिए ।
भारतीय विदेशमन्त्री एस जयशंकरको प्रतिक्रिया आएपछि उनको प्रतिक्रिया आएको थियो । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर नेपाल हाल राष्ट्रपतिका आर्थिक सल्लाहकार छन् । सरकारले सय रुपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णयका विरुद्ध राष्ट्रपतिका विज्ञ सल्लाहकारले नै विरोध गर्नु निन्दनीय भएको टिप्पणी गरेका छन् ।
शनिबार यहाँ आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले नेपाली जनताले तिरेको करबाट राष्ट्रपतिको विज्ञ सल्लाहकार भएको मान्छेले नेपालको राष्ट्रियताविपरित बोल्नुजस्तो निन्दनीय कार्य अरु नहुने टिप्पणी गरे ।









