image
image
इलाम–२ उपनिर्वाचनः एमाले दुई हजार मतले अगाडि, पछ्याउँदै कांग्रेस

इलाम–२ उपनिर्वाचनः एमाले दुई हजार मतले अगाडि, पछ्याउँदै कांग्रेस

काठमाडौं । इलाम क्षेत्र नं.२ उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्बाङले दुई हजारभन्दा बढी मतको अग्रता बनाएका छन् । आइतबार दिउँसोबाट प्रारम्भ भएको गणनामा सोमबार बिहानसम्म नेम्बाङले ७ हजार ६७७ मत ल्याएका छन् । नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ५ हजार ३९५ मतसहित पछ्याइरहेका छन् । खड्का र नेम्बाङबीचको मतान्तर २ हजार २ सयभन्दा बढी छ । 

त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ४ हजार ५८, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङ लिम्बुले १ हजार १६२ मत पाएका छन् । नेकपा एकिकृत समाजवादीका जीत बहादुर राईले २३५, मंगोल नेशनल अर्गनाइजेसनका मनिबहादुर लिम्बूले १८४, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले ४४, राष्ट्रिय प्रजातन्त्र पार्टीकी लक्ष्मी गुरुङले ४३, नेपाली जनता दलका रेशमबहादुर सुनारले ३९ मत पाएका छन् ।

इलाममा कुल १ लाख १५ हजार ८८९ मतदाता रहेकोमा यो निर्वाचनमा ६९ हजार २८७ मत खसेको छ । त्यसमध्ये सोमबार बिहानसम्म १८ हजार ९४८ मत गणना भएको छ । अढाई दशकदेखि निरन्तर निर्वाचित हुँदै आएका पूर्वसभामुख तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २७ मा हृदयाघातले निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । एमालेले नेम्वाङ पुत्र सुहाङलाई उम्मेदवार बनाएको छ भने कांग्रेसबाट खड्का दोहोरिएर उम्मेदवार बनेका हुन् । 

यहाँ १२ दल र ७ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । गत निर्वाचनमा नेम्वाङले कांग्रेसका खड्कालाई १ सय १४ मतको झिनो अन्तरले हराएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।