image
image
उपनिर्वाचनः बझाङमा सेनाको हेलिकप्टरबाट मतपेटिका संकलन गरिदै

उपनिर्वाचनः बझाङमा सेनाको हेलिकप्टरबाट मतपेटिका संकलन गरिदै

काठमाडौँ । बझाङको मतपेटिका संकलन कार्य जारी रहेको छ । निर्वाचन आयोगका अनुसार शनिबार सम्पन्न बझाङ १(क) को प्रदेश सभाको निर्वाचनका मतपेटिका हेलिकप्टरबाट संकलन गर्नुपर्ने भएकाले समय लागेको छ ।   

आयोगका अनुसार बझाङको दुर्गमस्थलका मतपेटिका सेनाको हेलिकप्टरले १० बजेसम्म संकलन गरिसक्ने बताएको छ ।

बझाङको मतगणना बझाङ जिल्ला अदालत चैनपुरमा गर्ने तयारी गरिएको छ । मतपेटिका संकलन गरेपछि मात्र गणना शुरु हुने आयोगले जनाएको छ ।  

६१ हजार ७ सय ४८ मतदाता रहेको बझाङ १(क) मा करिब ५० प्रतिशत मत खसेको आयोगले जनाएको छ ।  यसअघि २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा बझाङको यस क्षेत्रमा ५२.९८ प्रतिशत मतदान भएको थियो ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।