image
image
रुसी सेनामा गएका नेपालीका परिवारजनद्वारा उध्दारको माग गर्दै अनशन

रुसी सेनामा गएका नेपालीका परिवारजनद्वारा उध्दारको माग गर्दै अनशन

 

काठमाडौं । रुसी सेनामा भर्ती भएका नेपालीका परिवारहरुले आफन्तको उद्धारको माग राख्दै सामूहिक अनशनलाई जारी राखेका छन् । शुक्रबारदेखि काठमाडौंको माइतीघरमा सुरुभएको अनशन अहिले रत्नपार्कनजिकै शान्तिवाटिकामा जारी छ । उनीहरुले दबाब बढाउनको लागि बालुवारटारस्थित रुसी राजदूतावास अगाडि पुगेर पनि अनशन गरिसकेका छन् ।  

उक्त अनशनमा रहेकी पीडित कृतु भण्डारीले नौ दिनदेखि आमरण अनशनमा बसेपनि सरकारको तर्फबाटै केही पनि प्रतिक्रिया नआएको बताइन् । उनले भनिन्, ‘सरकार पक्षको तर्फबाट केही पनि प्रतिक्रिया आएको छैन । हामी आशावादी छौं । जबसम्म हाम्रो मागहरु सम्बोधन हुँदैन तबसम्म यहीं रहन्छौ । जस्तो अवस्था आएपनि हाम्रो अनशन तोड्ने छैनौं ।’ 

रुसी सेनामा रहेका ६९१ जनाको विवरण संकलन गरेको भन्दै चार सयभन्दा बढि मानिस सम्पर्कमा रहेको र अरु सम्पर्क बिहिन रहेको भण्डारीले जानकारी पनि दिईन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।