image
image
कतारी राजा थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै

कतारी राजा थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै


काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार द्विपक्षीय वार्ता हुँदैछ । दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आइपुगेका थानीलाई प्रधानमन्त्री प्रचण्डले स्वागत गर्दै भेटवार्ता गर्न लागेका हुन् । थानीलाई होटेल सोल्टीमा राखिएको छ । प्रधानमन्त्री दाहालले बुधबार बिहान १० बजे सोल्टीमै पुगेर उनीसँग भेटवार्ता गर्ने र त्यही विभिन्न सम्झौताहरूमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । 

वार्तापछि दुवै देशबीच सम्झौता र समझदारीपत्रहरूमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ भने त्यसपछि कतारी राजा थानी स्वदेश फर्किनेछन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा नेपाल आएका राजा थानीलाई मंगलबार राष्ट्रपति पौडेल आफैँ विमानस्थल पुगेर विशिष्ट कक्षमा स्वागत गरेका थिए । लगत्तै थानी र पौडेलबीच भेटवार्ता भएको थियो । बेलुका राष्ट्रपति पौडेलले रात्रीभोज समेत गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।