image
image
लेखापरीक्षण प्रतिवेदन पेस नगर्ने दलहरूसँग आयोगद्वारा स्पष्टीकरण माग

लेखापरीक्षण प्रतिवेदन पेस नगर्ने दलहरूसँग आयोगद्वारा स्पष्टीकरण माग

काठमाडौं । निर्वाचन आयोगले निरन्तर तीन आर्थिक वर्षसम्म लेखापरीक्षण प्रतिवेदन पेस नगर्ने राजनीतिक दलहरूसँग स्पष्टीकरण मागेको छ ।

आर्थिक वर्ष २०७७/०७८, २०७८/०७९ र २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन निरन्तर तीन आर्थिक वर्षसम्म पेस नगर्ने राजनीतिक दलहरूसँग आयोगले स्पष्टीकरण मागेको हो । आयोगले आम आदमी पार्टी नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक र नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिकसँग स्पष्टीकरण मागेको हो ।

आयोगले मंगलबार सूचना जारी गर्दै दलहरूलाई सात दिनभित्र आफ्नो सफाइ सहितको स्पष्टीकरण पेस गर्न भनेको छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र कानून बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखापरीक्षण गराई एक महिनाभित्र सो लेखापरीक्षण प्रतिवेदन आयोगमा पेस गर्नु पर्ने कानूनी व्यवस्था छ ।

आयोगले आम आदमी पार्टी नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक र नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिकलाई लेखापरीक्षण प्रतिवेदन कानून बमोजिम तोकिएको समयावधिभित्र किन पेस नगरेको हो ? लेखापरीक्षण प्रतिवेदन आयोगमा पेस गर्ने कार्य नगरेकोले तपाईँलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (१) को खण्ड (घ) बमोजिम किन कारबाही हुनु नपर्ने हो ? आफ्नो सफाइ सहितको स्पष्टीकरण सोही ऐनको दफा ५४ को उपदफा (८) बमोजिम पेस गर्न ७ (सात) दिनभित्र आयोगमा पेस गर्न जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ आयोगको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।