image
image
सुहाङ उद्धेश्य बोकेर हिडेका वास्तविक उम्मेदवार हुन् : अध्यक्ष ओली

सुहाङ उद्धेश्य बोकेर हिडेका वास्तविक उम्मेदवार हुन् : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम– २ मा बैशाख १५ गते उपनिर्वाचनको चुनावी सभामा सहभागी भएका छन् । बुधबार इलाम–२ को मङ्गलबारेमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पुर्खाले स्वाधीन राखेको देशलाई सम्मान गर्ने बताएका छन् । उनले देशलाई एकताबद्ध बनाएर सुशासन र विकास ल्याउन चाहेको बताएका छन् ।

सुहाङको प्रशंसा गर्दै ओलीले गन्तव्य र उद्धेश्य बोकेर अगाडी बढेको युवा भएको बताए । ओलीले सुहाङ वास्तविक उम्मेदवार भएको बताएका थिए ।  

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार बनेका सुहाङ नेम्बाङले जातीय भेदभाव र सामाजिक विखण्डनले समृद्धिको बाटो छेक्ने बताएका छन् । उनले इलामका जनताले आफ्ना बुवामाथि गरेको विश्वासलाई शिरमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।