image
image
प्राकृतिक श्रोतहरुलाई आर्थिक विकासमा जोड्न आवश्यक छ : उर्जामन्त्री बस्नेत

प्राकृतिक श्रोतहरुलाई आर्थिक विकासमा जोड्न आवश्यक छ : उर्जामन्त्री बस्नेत

काठमाडौं ।  देशमा उत्पादित प्राकृतिक श्रोतहरुलाई आर्थिक विकासमा जोड्न आवश्यक रहेको उर्जा जल श्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले बताएका छन् । आज काठमाडौंमा आयोजित हरित हाइड्रोजन संवाद गो ग्रीन कार्यक्रममा उनले देशमा उत्पादित प्राकृतिक श्रोतहरुलाई आर्थिक विकासमा जोड्न सकेमा आर्थिक विकास र समृद्धिको सपना हासिल गर्न सकिने बताए । 

उनले भने,‘ हाम्रो देश जलश्रोतको धनी देश भनिरहेको छौं । हाम्रो प्राकृतिक श्रोतहरुको जुन उपलब्धता छ । यो उपलब्धताको दृष्टिबाट हेर्दा यी श्रोतहरुलाई हाम्रो आर्थिक विकासको यो अभियानमा व्यवस्थित ढङ्गले सदुपयोग गर्नका लागि र हाम्रो आर्थिक विकास र समृद्धिको सपना र आकांक्षालाई यथोचित ढङ्गले हासिल गरेर अगाडि बढ्न सकिन्छ ।’

मन्त्री बस्नेतले आज पनि देशमा पेट्रोलियम पदार्थ आयात गर्ने र भएका प्राकृतिक श्रोतहरुको समेत उपयोग गर्न नसकिनु दुखद कुरा भएको गुनासो गरे । आफूसँग उपलब्ध भएको श्रोतहरुको सही ढङ्गले उपयोग गर्न नसक्ने देशमा समृद्धिको यात्रामा प्रभाव पर्ने उनको भनाई छ । 

उनले भने, ‘आजको दिनमा पनि हामी पेट्रोलियम पदार्थ आयात गरिरहेका छौं । हामीसँग भएका प्राकृतिक श्रोतहरु जे छन् त्यसको उपयोग गर्न सकिरहेको छैनौं । जुन देशले आफूसँग उपलब्ध भएको श्रोतहरुको सहि ढङ्गले उपयोग गर्न सक्दैन । त्यो देशमा समृद्धिको यात्रामा कहिँ न कहिँ प्रभाव र असर परिराखेकै हुन्छ ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।