image
image

तीन दशक पुरानो सवारी तथा यातायात व्यवस्थापन ऐनलाई संशोधन  गर्नुपर्छ : उपप्रमुख डंगोल

काठमाडौं ।  तीन दशक पुरानो सवारी तथा यातायात व्यवस्थापन ऐनलाई संशोधन गर्नुपर्ने काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले बताएकी छिन् । आज उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘ट्राफिक सचेतना विषेश अभियान – २०८१’ को समुद्घाटन कार्यक्रममा डंगोलले सवारी दुर्घटना रोक्न सबै सचेत हुनुपर्नेमा जोड दिँदै त्यसमा नागरिकको तहमा सचेतना पुर्याउनुपर्ने तथा कानूनी रुपमा ऐन समय सान्दर्भिक बनाउनुपर्ने बताएकी हुन् । 

सरकारले युएनको ग्लोबल रोड सेफ्टीमा २०३० सम्ममा ५० प्रतिशत सवारी दुर्घटना कम गर्ने भनेर गरेको प्रतिबद्धता स्मरण गराउँदै डंगोलले सडक दुर्घटना घट्नुको साटो तथ्यांकमा बढेको उल्लेख गर्दै प्रतिबद्धता कार्यान्वयनको पक्ष बलियो बताउनुपर्ने बताइन् । 

उनले भनिन्, ‘नीतिगत रुपमा हेर्दा सवारी तथा यातायात व्यवस्थापन ऐन २०४९ तीस वर्ष अगाडिको ऐन लिएर हामी आज सडक सुरक्षाको कुरा गर्दै छौं । यो ऐन हामीले अब संशोधन गर्नुपर्छ । अहिलेको आवश्यकता र तीस वर्ष पहिलेको आवश्यकता उस्तै छैन ।’

ऐन बनेको तीस वर्षमा सडकमा सवारी साधनको संख्या ठूलो संख्यामा बढेकाले पनि समयअनुसार अघि बढ्दै ऐनमा पुर्नविचार गर्नुपर्ने धारणा उनको छ । गत आर्थिक वर्षमा मात्रै सडक दुर्घटनामा २३ सय ७६ जनाले ज्यान गुमाएको विवरण उल्लेख गर्दै उनले सडकमा चालकले नियम विरुद्ध ओभरटेक गरेर जाने प्रवृतिको अन्त्य गर्नुपर्ने बताइन । ट्राफिक व्यवस्थापनमा हुने कमीकमजोरीलाई सुधार गर्दै ट्राफिक प्रहरी अझ जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।