image
image
सुरु भयो नयाँ शैक्षिक सत्र , सबै बालबालिकालाई विद्यालय पठाउन प्रधानमन्त्रीको अपिल

सुरु भयो नयाँ शैक्षिक सत्र , सबै बालबालिकालाई विद्यालय पठाउन प्रधानमन्त्रीको अपिल


काठमाडौं ।  नयाँ शैक्षिक सत्र सुरु भएको उल्लेख गर्दै प्रधामन्त्री पुष्पकमल दाहालले विद्यालय जाने उमेरका बालबालिकाहरुलाई पायक पर्ने विद्यालयमा भर्ना गराई सबै बालबालिकालाई नियमित रुपमा विद्यालय पठाउनका आह्वान गरेका छन् । 

आइतबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दाहालले ‘‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’’ भन्ने संकल्पका साथ २०८१ को नयाँ शैक्षिक सत्र आजबाट सुरु भएकाले विद्यार्थी भर्ना अभियानमा सरिक हुन सबैमा शुभकामना सहित आग्रह गरेका हुन् । 

शिक्षा पाउनु हरेक बालबालिकाको संविधानप्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार भएको र त्यसको पूर्ण कार्यान्वयन गर्न सरकारले प्रयास गरिरहेको दाहालले उल्लेख गरेका छन् । ‘मौलिक हकको पूर्ण कार्यान्वयन गर्न नेपालको संविधान र निःशुल्क शिक्षासम्बन्धी ऐनबमोजिम २०८५ वैशाखभित्र आधारभूत तहको शिक्षा अनिवार्य सुनिश्चित गराउनुपर्ने कार्यभार हामीसामु छ।’

शिक्षाको मौलिक हक कार्यान्वयनका निम्ति विकास साझेदारहरु, नागरिक समाज एवं निजी क्षेत्रको योगदानको प्रशंसा गर्दै दाहालले भनेका छन्,सबै बालबालिकालाई विद्यालयमा भर्ना सुनिश्चितता गर्नुपर्ने तथा शैक्षिक सत्रको बीचमा नै विद्यालय छाड्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । 

‘हाम्रासामु एकातर्फ विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना सुनिश्चितता गर्नुपर्ने र अर्कातर्फ बीचमा नै विद्यालय छाड्ने अवस्था अन्त्य गर्नुपर्ने जिम्मेवारी छ । यसका लागि समुदाय तहबाट नै ठोस पहल गर्दै सुधार ल्याउन आवश्यक छ’ दाहालले भनेका छन् । 

विद्यालय शिक्षामा सङ्घ, प्रदेश र स्थानीय सरकारले आफ्नो सामथ्र्यले भ्याएसम्म लगानी गर्दै आएको उल्लेख गरेका दाहालले विद्यालय शिक्षा सुधारका प्रयासहरुलाई सघन तुल्याउँदै थप परिणाममुखी बनाउन थप सामूहिक प्रयास केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।