image
image
हिउँदे अधिवेशनको अन्तिम बैठक आज बस्दै

हिउँदे अधिवेशनको अन्तिम बैठक आज बस्दै


काठमाडौं। प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ। आजको बैठक संसदको हिउँदे अधिवेशन अन्तर्गतको अन्तिम बैठक हुने छ । यसअघि चैत ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २ गते ९आज० राति १२ बजेदेखि लागू हुने गरी संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गर्दै राष्ट्रपति कार्यालयमा पत्र पठाइसकेको छ ।

सरकारले संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरिसकेको भए पनि यद्यपि संसद अधिवेशन अन्त्यको पत्र राष्ट्रपति कार्यालयबाट संसद सचिवालयमा आइनपुगेको संसद सचिवालयले जनाएको छ । सचिवालयले विभिन्न आठ ओटा विषयलाई आजको सम्भावित कार्यसूचीमा राखेको छ । 

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सदनलाई सुनाउने,चालू अधिवेशनमा विभिन्न मन्त्रालयका सम्बन्धित मन्त्रीले सांसदका प्रश्नको मौखिक उत्तर दिने,शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका अम्मरबहादुर थापाले ’सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८० पेश गर्ने लगायतका सम्भावित कार्यसूची रहेका छन् । 
यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौ वार्षिक प्रतिवेदन २०८० पेश गर्ने, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको “शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विद्यालय २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने समेत सम्भावित कार्यसूचीमा उल्लेख छ । 

तर, आजको बैठक पनि कांग्रेसले अवरोध गर्ने तयारी गरेको छ। सहकारीको रकम अपचलनमा मुछिएका गृहमन्त्रीमाथि संसदीय छानबिनको माग सहित सदन अवरोध गर्दै आएको कांग्रेसले गत शुक्रबार (चैत २८ गते) बसेको बैठकमा नाराबाजी गरेपछि बैठक आजसम्मका लागि स्थगित गरिएको थियो। यसैबीच कांग्रेसले आजको संसद बैठक बस्नु अघि बिहान ८ बजेलाई कांग्रेस संसदीय दलको बैठक पनि बोलाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।