image
image
राप्रपा अब कसैले नजरअन्दाज गर्न नसक्ने शक्तिको रुपमा स्थापित भएको छ : अध्यक्ष लिङ्देन

राप्रपा अब कसैले नजरअन्दाज गर्न नसक्ने शक्तिको रुपमा स्थापित भएको छ : अध्यक्ष लिङ्देन

काठमाडौं । सरकारलाई ४० बुँदे माग राखेर मंगलबार काठमाडौंमा राप्रपाले गरेको विरोध प्रदर्शन समग्रमा सफल भएको निष्कर्ष निकालेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा जनप्रदर्शनको समीक्षा गर्दै प्रदर्शन समग्रमा सफल भएको निष्कर्षमा पुगेको हो ।

अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसिरहेको बैठकको प्रारम्भमा अध्यक्ष लिङ्देनले प्रदर्शनमा प्रशासनिक दमनबाट केही साथीहरु घाइते हुने दुःखद घटना भएपनि समग्रमा प्रदर्शन सफल भएको बताए । 

उनले पार्टी र एजेण्डाको पक्षमा सकारात्मक सन्देश गएको, राप्रपा अब कसैले नजरअन्दाज गर्न नसक्ने शक्तिको रुपमा स्थापित भएको धारणा व्यक्त गर्दै प्रदर्शनमा सहभागी सम्पूर्णमा धन्यवाद व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।