image
image
सहकारी ठगि प्रकरणः गल्ति छैन भने छानबिनको लागि किन तयार नभएको ? –कांग्रेस

सहकारी ठगि प्रकरणः गल्ति छैन भने छानबिनको लागि किन तयार नभएको ? –कांग्रेस


काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरुले उठेर संसदमा अवरोध गरेका थिए । 

सभामुखको अनुमतिले कांग्रेसका सांसद रामहरी खतिवडाले रवि लामिछाने गृहमन्त्री बनेदेखि सहकारी ठगिको छानबिन अवरुद्ध भएको दाबि गरेका थिए । सांसद खतिवडाले प्रधानमन्त्रीले पनि सहकारी ठगको बचाउ गरेको आरोप लगाउदै संसदीय छानिबन आवश्यक रहेको बताए ।

सांसद खतिवडाले आफूहरुका माग सरकारले नसुनेको बताउदै सहकारीको एक अर्ब भन्दा बढी गोरखा मिडियामा लगानी भएको र सो मिडियाको प्रबन्ध निर्देशक रवि लामिछाने रहेकोले छानबिनको माग आफुहरुले गरेको बताए ।

उनले आफुहरुले कसैप्रति पूर्वाग्रह नराखेको बताउदै गल्ति छैन भने भने छानबिनको लागि किन तयार नभएको भन्दै प्रश्न गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।