image
image
निर्दोष छु भन्नेहरू छानबिनका लागि तयार किन नभएको ? – प्रदीप पौडेल

निर्दोष छु भन्नेहरू छानबिनका लागि तयार किन नभएको ? – प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडलले गृहमन्त्री रवि लामिछाने निर्दोष छन् भने किन छानबिनका लागि तयार छैनन् भन्ने प्रश्न गरेका छन्  । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा सञ्चारकर्मीहरूसँग कुरागर्दै पौडेलले कांग्रेस संसदीय छानबिन समितिको अडानबाट पछि नहटेको स्पष्ट गर्दै निर्दोष छु भन्नेहरू नै छानबिनका लागि तयार किन नभएको भन्दै प्रश्न गरेका हुन् । 

उनले भने– ‘छानबिनका लागि निर्दोष छु भन्नेहरू किन तयार नहुनुभएको त? निर्दोष भए त झनै छानबिन गरेर निर्दोष साबित हुनु राम्रो हुन्छ । दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अप्ठ्यारो भयो । हामीले पूर्वाग्रह राखेको होइन, नयाँ कुरा गरेको होइन । नेपाली कांग्रेसका छानबिन समिति निर्माण गर्ने अडानबाट पछि हटेको छैन र हट्दैन ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।