image
image
प्रधानमन्त्रीसहित चार दलका शीर्ष नेताहरूसँग छलफल गर्दै सभामुख

प्रधानमन्त्रीसहित चार दलका शीर्ष नेताहरूसँग छलफल गर्दै सभामुख


काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख चार दलका शीर्ष नेताहरूसँग छलफल गर्दै छन् ।प्रमुख विपक्षी नेपाली कांग्रेसले आगामी संसद बैठकमा उपप्रधान एवं गृहमन्त्रीमाथि छानबिन गर्ने समिति गठनसहित सरकार नआए बैठक अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुख घिमिरेले ४ दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका हुन् ।

कांग्रेसले सदनमा निरन्तर गृहमन्त्रीको सहकारी ठगीमा संलग्नताको विषयमा संसदीय छानबिन समिति माग गरेको र चैत २७ देखि बैठक नै अबरुद्ध गर्ने चेतावनी दिएकोले सभामुखले दिउँसो २ बजे प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् ।प्रतिनिधिसभाको अर्को बैठक मंगलबार बिहान ११ बजे बस्ने गरी तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।