image
image
रास्वपामा सहकारीको रकम हिनाहिनामा संलग्न एउटा ‘कोर टिम’ नै रहेको छ : महामन्त्री शर्मा

रास्वपामा सहकारीको रकम हिनाहिनामा संलग्न एउटा ‘कोर टिम’ नै रहेको छ : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीमा सहकारीको रकम हिनाहिनामा संलग्न एउटा ‘कोर टिम’ नै रहेको आरोप लगाएको छन् । आज बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री शर्माले कोर टिमले सहकारीको रकम ठगीमा संलग्न रहेको र पार्टी भित्रकै अर्को टोलीले ती गतिविधि ढाकछोप गरेको टिप्पणी पनि गरे ।  

शर्माले भने, ‘एउटा नयाँ बनेर आएको दलको उर्जालाई म सम्मान गर्दछु । तर, आज देश र दुनियाँले सुन्नेगरि म के आग्रह गर्दछु भन्दा त्यो पार्टी भित्र एउटा कोर टिम रहेछ । जो सहकारीको रकम ठगीमा संलग्न छ । अर्को एउटा कोर टिम रहेछ जो ढोकामा बसेर त्यस्ता गतिविधिको ढाकछोप गरिरहेको छ ।’देशभरिका विभिन्न सहकारीबाट बचतकर्ताको अर्बौं रकम हिनामिना गरि फरार र रहेका गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जितेन्द्रबाबु राई गृहमन्त्री रवि लामिछानेको सम्पर्कमा रहेको दाबी गर्दै शर्माले राई मलेसिया रहेको उल्लेख गरे । 

उनले भने, ‘मैले आरोप लगाएको होइन, खोज्ने काम सरकारले गर्ला तर हामीले पाएको सूचनाअनुसार जीवि राई गृहमन्त्रीको सम्पर्कमा छन् । आकाशमा गएर लुक, पातालमा गएर लुक भनिदिने तर आफूसँग सम्पर्कमा राख्ने तथ्यमा हामी पुगिसकेका छौं ।’सरकार बलजफ्ती गरेर आए सदन चल्न नदिने शर्माको चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।