image
image
संविधान र अहिलेको व्यवस्था नै समाजवादको वाधक हो : अध्यक्ष यादव

संविधान र अहिलेको व्यवस्था नै समाजवादको वाधक हो : अध्यक्ष यादव

काठमाडौं ।  संविधान र अहिलेको व्यवस्था नै समाजवादको वाधक भएको समाजवादी मोर्चामा आवद्ध  जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले टिप्पणी गरेका छन् । आज समाजवादी मोर्चाको ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यादवले वर्तमान शासकिय स्वरुपले समाजवाद निर्माण हुन नसक्ने बताएका हुन् । 

उनले भने, ‘अहिलेको संविधान र व्यवस्था नै समाजवादको पुरै वाधक छ । यसलाई संशोधन गरौं । अहिलेको शासकीय स्वरुपबाट समाजवाद हुनै सक्दैन । हेरिरहेका छौं नि तमासा त भइरहकै छ । यो निर्वाचन प्रणालीले पनि करोडौं खर्च गरेर बल्लतल्ल संसदमा पुग्छन् । तिनिहरुबाट समाजवादको आशा गर्ने ?’ वर्तमान लोकतन्त्रलाई समावेशी र सहभागितामुलक लोकतन्त्रमा रुपान्तरण गर्नुपर्ने पनि उनको भनाइ छ । 

समाजवाद निर्माणका लागि सामाजिक असमानता, अन्याय र लैंगिक समस्याहरुलाई हल गर्न आवश्यक रहेको अध्यक्ष यादवले उल्लेख गरे । उनले भने, ‘नेपाल बहुराष्ट्रिय मुलुक हो । सबै वर्गको सहभागिता र उनीहरुको पहिचानलाई समाधान गरेर राज्यले वर्षौदेखि सिर्जना गरेका समाजवादलाई उखेलेर नफाल्दासम्म कस्तो खालको समाजवाद हुन्छ ? समाजवाद निर्माणका लागि सामाजिक विभेदको अन्त्य गर्न जरुरी छ । त्यस्तै आर्थिक विकास, समृद्धि र सुशासन महत्वपूर्ण पक्ष हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।