image
image
काठमाडौंमा आज समाजवादी मोर्चाको सभा, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्दै

काठमाडौंमा आज समाजवादी मोर्चाको सभा, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्दै


काठमाडौं । समाजवादी मोर्चाले आज काठमाडौंमा बृहत् अन्तरक्रिया कार्यक्रम गर्दैछ । सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सम्मिलित मोर्चाले काठमाडौंमा फेरि अर्को सभा गर्न लागेको हो । सभामा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालसहित चार वटै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

काठमाडौंको राष्ट्रियसभा गृहमा मंगलबार मध्यान्ह १२ बजे नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रम हुने र कार्यक्रमलाई चार वटै दलका अध्यक्षहरूसहितले सम्बोधन गर्ने कार्यक्रम रहेको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री भएयता समाजवादी मोर्चालाई सत्ता रक्षा गर्ने कवजकारुपमा निरन्तर सक्रिय बनाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।