image
image
सरकारले बजेटमा कर्णालीलाई कहिल्यै पनि प्राथमिकता दिंदैन : ज्ञानेन्द्र शाही

सरकारले बजेटमा कर्णालीलाई कहिल्यै पनि प्राथमिकता दिंदैन : ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीले सरकारले विकास निर्माणका सवालमा कर्णालीलाई उपेक्षा गरिएको टिप्पणी गरेका छन् । आइतबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद शाहीले कि त सरकारले कर्णालीलाई नेपालभित्र पर्दैन भनेर भन्नुप¥यो नभए यसरी उपेक्षा गर्न नमिल्ने बताए । 

उनले भने,‘सरकारले बजेटमा कर्णालीलाई कहिल्यै पनि प्राथमिकता दिंदैन । कि त कर्णाली नेपालमा पर्दैन भन्नुहोस दमका साथ । हामी तपाईंभन्दा दोब्बर बढि विकास गरेर देखाउँछौं । यदि नेपाल भित्र पर्छ भने अनावश्यकका प्रोजेक्टहरु नपठाउनुस् ।’सरकारले कर्णालीको विकासका लागि दुई अर्ब रुपैयाँ बजेट विनियोज गर्न थुर्थुर काप्ने गरेको शाहीको आरोप थियो । 

उनले भने, कर्णालीमा दुई अर्ब बजेट विनियोजन गर्न सरकार किन थुर्थुर काँप्छ ? भिख मागेको होइन सभामुख महोदय । अधिकार चाहिएको हो । अधिकार खोस्ने हो ।’आउँदो आर्थिक वर्षको बजेटमा पनि कर्णालीलाई सम्बोधन नगरे संसद र सडकमा आन्दोलन गर्ने उनको चेतावनी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।