image
image
गृहमन्त्री लामिछानेको विषयमा प्रधानमन्त्री न्यायाधिस बन्न खोजेको हो ? –कांग्रेस

गृहमन्त्री लामिछानेको विषयमा प्रधानमन्त्री न्यायाधिस बन्न खोजेको हो ? –कांग्रेस


काठमाडौं । प्रधानमन्त्रीले गृह मन्त्री रवि लामिछानेको सहकारी ठगि प्रकरणमा संलग्नताबारेमा न्यायाधीश जस्तो जवाफ दिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद सञ्जय कुमार गौतमले गृहमन्त्री लामिछानेको प्रकरणको विषयमा प्रधानमन्त्री  न्यायाधिस बन्न खोजेको र सुरक्षा निकायका प्रमुखले समेत सो विषयलाई फासफुस ढङ्गले क्लीन चिट दिने प्रयास गरेको बताए । 

उनले भने,‘प्रधानमन्त्रीले हामीले जवाफ खोज्यौं न्यायाधीश जस्तो एकदमै हुकुम दिने राजा महाराजा जस्तो क्लीन चिट दिने प्रयास गर्नुभयो ।  सुरक्षा निकायका प्रमुख उहाँले सम्म यो विषयलाई फासफुस ढङ्गले क्लीन चिट दिने प्रयास गर्नुभयो । यसले गर्दा हामीले उठाएको मुद्दाहरुमा गम्भीर प्रशन जन्मिएको छ ।’ उनले गृह मन्त्रीले गोर्खा मिडिया नेटवर्कको नाममा ९० हजार बढि बचत कर्ताको ८० करोड भन्दा बढि रकम जम्मा गरेको भन्दै पीडितले न्याय कसरी पाउने भन्ने गम्भीर प्रश्न खडा भएको बताए । कानुनी मात्र नभई नौतिकताको आधारमा पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनको भनाई छ । 

उनले भने,‘गोर्खा मिडिया नेटवर्कको नाममा ९० हजार बढि बचत कर्ताको ८० करोड भन्दा बढि रकम बुटवलका चितवनका पोखराका सहकारीमा जम्मा भएका दर्जनौ। सहकारीको रकम गोर्खा मिडियामा जम्मा भएको छ । आज त्यो मिडिया सञ्चालनमा पनि छैन । अब त्यो विषयमा कस्ले जवाफ दिने हो ? पीडितले न्याय कसरी पाउने भन्ने गम्भीर प्रश्न छ । यो कानुनी मात्र होइन नौतिक कुरा पनि हो ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।